• २०८३ असार ९
  • 2026 June 23, Tuesday

हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय छ :  देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको लोकतान्त्रिक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताएका छन् ।

कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान अविश्मरणीय रहेको बताए।

‘२०४६ होस वा २०६२।०६३ हरेक आन्दोलनमा अपाङ्गता भएका ब्यक्तिहरुको योगदान छ, त्यसलाई कांग्रेसले स्मरण गरेको छ,’ सभापति देउवाले भने।उनले अपाङ्गता भएका ब्यक्तिहरुको हरेक क्षेत्रमा प्रतिनिधित्वको विषय कार्यान्वयन गर्दै अघि बढिरहेको र कांग्रेसले अझै सबै क्षेत्रलाई समेटेर अघि बढ्ने बताए।