• २०८३ असार ९
  • 2026 June 23, Tuesday

खानेपानी संस्थानको विनियमावली सार्वजनिक

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी संस्थानको कार्यालहरुमा सेवासर्त सम्बन्धि विनियमावली आएको बताएका छन् ।आइतबार नेपाल खानेपानि सस्थानको कर्मचारी सेवाशर्त सम्बन्धि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री यादवले विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको बताएका हुन् ।

उनले भने, ‘म मन्त्री भएको आठ महिना जति भइसकेको छ । जबदेखि म खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाले तब बिचबिचमा मैंले खानेपानी संस्थानको कार्यालहरुमा जाँदा सबै कर्मचारीहरुको एउटै कुरा थियो, हाम्रो विनियमावली खोई ? खास गरेर यो विनियमावलीको बारेमा धेरै प्रयास गरेर अहिले स्वीकृत भएको छ ।’साथै उनले कर्मचारीहरुको चाहना बमोजिम विनियमावली आएको बताए । उनले यसले कर्मचारीहरुको अनुसार परिमार्जन गर्न सकिने र कर्मचारीहरुको आवश्यक्ता अनुसार यसलाई अगाडि बढाउन सकिने बताए ।

उनले भने, ‘जुन कर्मचारीहरुलाई विनियमावीको चिन्ता थियो । त्यो अब दुर भएको छ । खत्तम भएको छ । अब कर्मचारीहरुको चाहना बमोजिम विनियमावली आएको छ । यसलाई साझा रुपमा लिएर जानुपर्छ । कसैलाई चोट पुग्छ, लाग्छ भने विनियमावली भनेको कुनै रामायण वा महाभारतको ग्रन्थ होइन परिवर्तन नहुनलाई । परिमार्जन गर्न सकिन्छ तर शंसोधन पनि गर्न सकिन्छ । कर्मचारीहरुको आवश्यक्ता अनुसार यसलाई अगाडि बढाउन सकिन्छ । त्यसकारण यो कुनै ग्रन्थ होइन, की यसलाई परिवर्तन हुन सक्दैन् । केही थप्नुपर्ने, केही मिलाउनुपर्ने छ भने त्यो अवश्य हुनेछ ।’