काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशी–विदेशी तत्व सक्रिय भएको बताएका छन् ।
प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालको राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशको विकास देख्न नचाहने शक्ती सक्रिय भएको बताएका हुन् ।
उनले भने् ‘केही पनि भएन खत्तम भो भन्दै हल्ला गरेको गरी, यसमा देशीविदेशी सबै प्रकारका तत्वहरु सक्रिय भए । नेपाल विकास भएको हेर्न नचाहने, त्यस्ता तत्वहरु हल्लामात्रै गर्न चाहने । हामीलाई यस्ता कुरासँग हैन देशको विकाससँग मतलब छ ।’