• २०८३ असार ९
  • 2026 June 23, Tuesday

‘शुक्रबारको घट्ना योजनावद्ध हो, विदेशीको पनि संलग्नता छ’

काठमाडौं । समाजवादी मोर्चाले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको जनाएको छ ।

सोमबार पेरिसडाडाँमा बसेको समाजवादी मोर्चाको बैठकले शुक्रबार राजावादीहरुले योजनावद्ध रुपमा हिंसात्मक घट्ना घटाएको भन्दै यसमा विदेशीहरुको पनि संलग्नता देखिएको भन्ने निष्कर्ष रहेको प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।साथै घट्नाको नियन्त्रणको लागि सरकारपनि चुकेको मोर्चाके ठम्याई रहेको पनि जानकारी दिए ।

उनले भने,‘घट्ना जसरी घटेको छ त्यो योजनवद्धरुपमा गरिएको छ । व्यवस्था पल्टाउने कोसिस गरिरहन्छन् । मुर्खता गरिहन्छन् । विदेशीहरुले कतै न कतै व्याकिङ गरेको हो कि भन्ने देखिन्छ । त्यसलै यो घट्नालाई लिएर मोर्चाको तर्फबाट सशक्क्त भण्डाफोर गर्नुपर्छ । घट्ना नियन्त्रण गर्न सरकारको तर्फबाट अलि अपुग भयो कि भन्ने छ । योजनावद्ध रुपमा घट्ना घटाइयो त्यसमा संलग्नलाई कारवाहीको माग सरकारसँग गर्दैछौं ।’साथै प्रतिगामी शक्तिहरुले देशमा अशान्ति र आतंक मच्चाउने प्रबृत्ति देखिएकाले मोर्चाको तर्फबाट सशक्क्त भण्डाफोर गर्ने निर्णय पनि उनले जनाए ।

‘शुक्रबार प्रतिगामी शक्तिहरु दरवारीया तत्वहरुको जुन गतिबिधि देखियो असाध्यै गैरजिम्मेवार छ । देशमा अशान्ति र आतंक मच्चाउन मनशास देखिन्छ । हिंसात्मक छ । बढो जंगली चरित्रको छ । त्यसलाई रक्षात्मक बनाउनको लागि अथवा त्यसलाई कमजोर बनाउनको लागि १५ गतेको विरोध सभाले धेरै भूमिका निर्वाह गरेको छ । क्षतिपूर्ति पनि सरकारले असुल गर्नुपर्छ ।’साथै मार्चाले १५ गते गरेको आमसभाको समिक्षा पनि गरेको छ । सभा ऐतिहासिक, अत्यन्तै शालिन, शानदार, भव्य र अनुशासित रुपमा सफल भएको मोर्चाको दाबी छ । गणतन्त्रको रक्षाको मोर्चा सशक्त भएको प्रमाणित सभाले गरेको पनि प्रवक्ता प्रकाण्डले जानकारी दिए । यसका साथै मोर्चाले गणतन्त्र रक्षाका लागि युवाहरुलाई अगाडि सारेर अन्तरक्रिया गर्ने पनि निर्णय गरेको छ ।