काठमाडौ । मुगुमा बिपत जोखिम न्यूनीकरण तथा आगलागी नियन्त्रण सम्बन्धी ‘सिमुलेसन’ मार्फत सचेतना कार्यक्रम आयोजना गरिएको छ ।चैत्र–बैशाखाको सुक्खा मौसममा घर, बनजङ्खल लगायत क्षेत्रहरुको आगलागीका घटनाहरु बढी रहेको अवस्थामा आगलागी बाट बच्न र बचाउनका लागि यस्तो कार्यक्रमको आयोजना गरिएको हो ।
मुगमकामारोङ्ख गाँउपालिकाका स्थानीयलाई पहिलो पटक जिल्ला बिपत ब्यवस्थापन समिति, स्थानीय पालिकाको समन्वय, यूएमएन नेपालको सहयोग, करानी सामूदायिक सस्थाको आयोजनामा जानकारीमूलक कार्यक्रम आयोजना गरिएको हो ।पालिका भित्रका १३ भन्दा बढी बस्तीहरुको घरहरु चिसोका कारण बढी आगो बाल्ने, घरको छलमा घाँस–दाउरालगायतका सामानहरु राख्नुका साथै पछिल्लो समयमा बढी विद्युतीय र ग्यास शिलिन्डरको प्रयोगबाट हुने बढी आगोलागीको जोखिम हुने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले जानकारी दिए ।
सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा (सिमुलेसन) डेमो प्रदर्शन गरेका थिए भने र माग्रीगाँउमा रहेको खेल मैदानमा आगलागी सम्बन्धी डेमो प्रदर्शन गरिएको उनले जानकारी दिए ।हावाहुरीको समय भएको र आगलागीका घटना भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्वअभ्यासमा नेपाली सेनाका सह सेनानी आकाश क्षेष्ठ, शसस्त्र प्रहरी बल ५४ गुल्मका प्रहरी निरीक्षक ज्ञान रावलको कमाण्डरमा अभ्यास सहित जनचेनता गरिएको हो । यस्ता कार्यक्रमले नागरिकहरुमा चेतना स्तर बृद्धिमा सहयोग पुग्ने यूएमएन कलष्टर मुगुका टीम लिडर नेत्र बहादुर शाहीले बताए ।जनचेनतामा निकै पछाडि परेको मुगमकामरोङ्ख गाँउपालिका घरहरुका घाँस दाउरा, अन्न–पानी, लता–कपडा सबै एकै घर भित्रहुने गरेकाले आगलागी जोखिम हुने गरेको छ । कृत्रिम घटना अभ्यास अवलोकन गरेपछि आगलागीका बारेमा धेरै जानकारी प्राप्त भएको, आगलागी न्यूनीकरण गर्न र त्यसबाट बच्ने उपाए सिक्ने मौला मिलेको पालिका उपाध्क्षय छिरिङ्ख पुटीकले बताइन्।