भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध बरामद, चार जना पक्राउ

काठमाडौं । शनिवार ललितपुर भट्टेडाँडाको चेकपोष्टमा खटिएका प्रहरी टोलीले भारतीय एम्बुलेन्समा ठूलो परिमाणमा अवैध लागू औषध ट्रामाडोल क्याप्सुल बरामद गरेको छ ।

शनिबार वीरगञ्जबाट काठमाडौं आउदै गरेको बीआर०५पीआर०४२१ नम्बरको भारतीय एम्बुलेन्समा ९४ हजार ८० थान क्याप्सुलसहित तीन थान मोबाइल बरामद गरिएको हो ।

प्रहरीले भारतका २० वर्षीय समिर आलम, ३३ वर्षका मोहम्मद मुन्ना अन्सारी, ४५ वर्षका नोजन खातुन र २२ वर्षका मोहम्मद उमर सिद्दिकीलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

प्रहरीले आवश्यक कारवाहीको लागि प्रहरी वृत्त चापागाउँ ललितपुरमा दाखिला गराएको र थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१