• २०८३ असार ८
  • 2026 June 22, Monday

वैशाख २२ गते सामूहिक गिरफ्तार गर्ने भन्ने डा. जगमानको घोषणा

काठमाडौ । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले आगामी वैशाख २१ गते भित्र राजावादी आन्दोलनका क्रममा पक्राउ परेकाहरूको रिहाइ र नजरबन्दमा राखिएका नवराज सुवेदीको मुक्तिका लागि आन्दोलन जारी राख्ने बताएका छन्।

उनले भने, “यदि यी माग पूरा नभए, हामी सामूहिक गिरफ्तारीको कार्यक्रम सुरु गर्नेछौं। म आफैं पहिला जेल जानेछु, तपाईंहरूलाई पनि आउनको लागि आह्वान गर्दछु।”

डा. गुरुङले यो आन्दोलन शान्तिपूर्ण र भद्र अवज्ञा आन्दोलनका रूपमा अघि बढाउने पनि बताए। उनले आगामी वैशाख १९ गते गोरखनाथ र गोरखकालीको पूजा गरेर आन्दोलनको नयाँ चरण सुरु गर्ने जानकारी दिए।