काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै शिक्षकहरूको आन्दोलनलाई गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन्।
उक्त पत्रमा उनले शिक्षकहरूको आन्दोलनलाई बेवास्ता गर्नु दुःखद भएको उल्लेख गर्दै सरकारसँग तत्काल कदम चाल्न माग गरेका छन्।
आजबाट नयाँ वर्ष २०८२ सुरु हुँदैछ। आम नेपाली जनताले नयाँ वर्षको स्वागत गरिरहेका बेला शिक्षकहरू भने माईतिघरमा सडकमा आन्दोलनरत छन्—यो अवस्था अत्यन्तै दुर्भाग्यपूर्ण छ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
सरकार किन गम्भीर हुँदैन? के शिक्षकहरूको शालिनता र संयमलाई कमजोरीको रूपमा हेरिएको हो? यदि आगामी १/२ दिनभित्र सरकारले आन्दोलन समाधान गर्न पहल नगरेमा, नेपाली कांग्रेस पार्टीले यो विषयलाई गम्भीरतापूर्वक उठाउनेछ भन्ने जानकारी गराउन चाहन्छु।
जय नेपाल !
जीवन परियार
प्रतिनिधिसभा सदस्य एवं सहमहामन्त्री, नेपाली कांग्रेस