काठमाडौ। काठ केन्द्रितमाडौं आन्दोलन गरिरहेका शिक्षक र कर्मचारीहरूको माग सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय भएका छन्।
सोमबार, उनीहरूले पार्टी सभापति शेरबहादुर देउवासँग संयुक्त छलफल गरेका थिए। यसै दिन साँझ, शिक्षक आन्दोलनका अगुवा कार्यकर्तासँग पनि सामूहिक छलफल भएको थियो। अब, गगन थापा र विश्वप्रकाश शर्माले आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरूसँग थप छलफल गर्ने योजना बनाएका छन्।
शिक्षक तथा कर्मचारीहरूको प्रमुख माग रहेको शिक्षा ऐन सम्बन्धी विधेयक अहिले संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ।शिक्षक र विद्यालय कर्मचारीहरूले “मैत्री ऐन” संसदबाट वा अध्यादेशमार्फत जारी नगरेसम्म विद्यालयमा फर्कने अडान लिएका छन्। यही कारणले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक हड्तालको शुरुआत भएको थियो। यस हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण र वार्षिक परीक्षाका नतिजा प्रकाशन जस्ता कार्यहरू प्रभावित भएका छन्।