• २०८३ असार ८
  • 2026 June 22, Monday

महामन्त्रीद्वयलाई देउवाको निर्देशन -आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाऊ

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण निर्माण गर्न पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई जिम्मेवारी दिएको छ।

सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय र शिक्षा विभागका प्रमुख नैनसिंह महरलाई शिक्षकका मागहरू सम्बोधन गर्नको लागि काममा केन्द्रित हुन निर्देशन दिएका हुन्।कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, “कांग्रेसको अहिलेको मुख्य एजेण्डा शिक्षकहरूको माग सम्बोधन गर्नु हो।

सभापतिले अर्थमन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री र सहकारी विकास मन्त्रीलाई पनि यसबारे कुरा गर्नुभएको छ। उहाँले सरकार मात्र नभई पार्टी भित्रका महामन्त्रीद्वय र विभाग प्रमुखलाई जिम्मेवारी दिई आजभोलि नै आन्दोलन फिर्ता गराउने प्रयास गर्न निर्देशन दिनुभएको छ।”