• २०८३ असार ८
  • 2026 June 22, Monday

राप्रपाको रणनीति : सीमित नेताहरू झण्डासहित निषेधित क्षेत्र प्रवेश गर्ने, मुठभेड नगरी शान्तिपूर्ण रूपमा गिरफ्तारीको तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आजको जनप्रदर्शनमा प्रहरीसँग मुठभेड़ नगर्ने रणनीति अपनाएको छ। निषेधित क्षेत्र तोड्ने योजना भए तापनि, त्यसलाई शान्तिपूर्ण ढंगले गर्न नेताहरूले बताएका छन्।

एक नेताका अनुसार, मुख्य प्रदर्शन बिजुली बजारमा हुनेछ, जहाँबाट केही नेताहरू पार्टीको झण्डा बोकेर निषेधित क्षेत्रतर्फ जान चाहने छन्। तर प्रहरीले रोक लगाएमा, उनीहरूले धेरै घम्साघम्सी नगर्ने बताइएको छ। ‘प्रहरीले सुरुआतमा अनावश्यक बल प्रयोग गरे भने स्थिति फरक होला, अन्यथा हाम्रो तर्फबाट मुठभेड़ हुनेछैन,’ उनले भने।

उनले थपे, ‘प्रहरीले धरपकड गर्ने कोसिस गरे भने सामूहिक गिरफ्तारी दिने तयारी पनि गरिएको छ।’राप्रपाले भने, निषेधित क्षेत्रमा ठूलो जुलुस नगर्ने जानकारी दिएको छ। पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालमा यो जानकारी दिएका छन्। आजको जनप्रदर्शन निरंकुशता विरुद्धको प्रतीकात्मक प्रदर्शन मात्र हुने भन्दै, उनले सत्ताधारी दललाई नडराउन आग्रह गरेका छन्।