• २०८३ असार ८
  • 2026 June 22, Monday

शिक्षकहरूको आन्दोलनमा घुसपैठ गरेको भन्दै एक जना प्रहरीकाे नियन्त्रणमा

काठमाडौँ । शिक्षकहरूको आन्दोलनमा अवाञ्छित रुपमा हस्तक्षेप गरेको भन्दै एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको सडक खण्डमा आज बिहान विरोध प्रदर्शनमा सहभागी शिक्षकहरूको बीचमा घुसपैठ गरी आन्दोलनविरुद्ध नाराबाजी गरेका ती व्यक्तिलाई आन्दोलनकारीहरूले नियन्त्रणमा लिई प्रहरीले जिम्मा दिएका हुन्।उक्त व्यक्ति आफू विद्यार्थीका अभिभावक भएको बताउँदै शिक्षकहरूको आन्दोलनप्रति असन्तुष्टि जनाउँदै नारा लगाइरहेका थिए।

शिक्षकहरूले आन्दोलनमा अवरोध पुर्‍याएको भन्दै उनलाई रोकेर सुरक्षाकर्मीको जिम्मा लगाएका थिए। प्रहरीको जिम्मा दिनु अघि उनीमाथि केही प्रदर्शनकारीले सामान्य कुटपिट पनि गरेको बताइएको छ।प्रहरीले नियन्त्रणमा लिएपछि पनि केही आक्रोशित शिक्षकहरूले उनीमाथि झम्टिन खोजेका थिए। घटनापछि प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ।