• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

कश्मीर आतंकवादी आक्रमणमा मारिएका व्यक्ति बुटवलका

काठमाडाैं । जम्मु-कश्मीरको पर्यटकीय क्षेत्र पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा मारिएका नेपालीको ठेगाना खुलेको छ ।

भारतीय सञ्चारमाध्यमले हमलामा मारिनेको संख्या अहिलेसम्म २८ पुगेको उल्लेख गरेका छन्।

जसमा एक नेपाली पनि छन्।

परराष्ट्रमन्त्री डा. आरजु राणाका अनुसार उनी रुपन्देहीको बुटवल बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने हुन्।

यस्तै हमलामा नेपालकी रेनु पाण्डे पनि घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाण्डे मृतक न्यौपानेकै आमा भएको पनि परराष्ट्रमन्त्री राणाले बताएकी छन् ।