• २०८३ जेठ २२
  • 2026 June 05, Friday

गाजामा इजरायली हवाई आक्रमणका कारण कम्तीमा ५० जनाले ज्यान गुमाए

काठमाडौं । । बिहीबार गाजा पट्टीमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ । योयो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन्।

उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा क्षेप्यास्त्र प्रहार हुँदा ९ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ।इजरायल रक्षा बल (आईडीएफ) ले जबालियामा हमास र यसको सहयोगी प्यालेस्टिनी इस्लामिक जिहादको ‘कमान्ड-एन्ड-कन्ट्रोल सेन्टर’मा आक्रमण गरेको बताएको छ।

इजरायलले उक्त ठाउँ आक्रमणको योजना बनाउन प्रयोग भइरहेको दाबी गरेको छ।पछि हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले जबलियाको अर्द हलावा क्षेत्रमा रहेको एक पारिवारिक घरमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको र अन्य भग्नावशेषमुनि बेपत्ता भएको बताएको छ।यद्यपि आईडीएफले रिपोर्टहरूबारे अनुसन्धान गरिरहेको बताएको छ।यस क्षेत्रका अन्य स्थानहरूमा २९ जनाको मृत्यु भएको बताइएको छ। नागरिक सुरक्षाका अनुसार मृतकमा एकै परिवारका ६ जना पनि छन्।