• २०८३ जेठ २२
  • 2026 June 05, Friday

पाकिस्तानी रक्षामन्त्रीको चेतावनी: व्यावसायिक विमानले पाकिस्तानको आकाश प्रयोग नगर्नू

काठमाडौं ।पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले व्यावसायिक विमानहरूलाई पाकिस्तानको हवाई क्षेत्र प्रयोग नगर्न सुझाव दिएका छन्।

भारत र पाकिस्तानबीच पछिल्ला दिनहरूमा बढ्दो तनावको बीचमा उनले यस्तो चेतावनी दिएका हुन्। उनले व्यावसायिक विमानहरू क्षेप्यास्त्र आक्रमण वा हवाई हमलाको जोखिममा पर्न सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेका छन्।

दुई देशबीचको तनावका कारण कैयौँ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेर गरिने उडान अस्थायी रूपमा स्थगित गरिसकेका छन्।