
भारतीय सेनाले पत्रकार सम्मेलनमार्फत भारत-पाकिस्तान तनाबमा भएको क्षती सार्वजनिक गरेको छ ।
आइतबार पत्रकार भेटघाटमा सेनाका लेफ्टिनेन्ट जनरल राजिव घईले `अपरेशन सिन्दुर´ मा १ सय बढी आतंककारीको ज्यान गएको बताएका छन् । घईले भने `सेनाले ठ्याक्कै निशाना बनाएर नौ वटा आतंककारी अड्डाहरूमा हमला गर्याे। ती हमलाहरूमा १०० भन्दा बढी आतंककारी मारिएका छन्।´
उनले मारिनेमा युसुफ अजहर, अब्दुल मलिक रऊफ र मुदस्सिर अहमदजस्ता उच्च स्तरका आतंककारीहरू पनि समावेश रहेको जनाएका छ्न् ।
पत्रकार भेटघाटमा लेफ्टिनेन्ट जनरल घई, वायु सेनाको तर्फबाट एयर मार्शल एके भारती, नौसेनाको तर्फबाट भाइस एडमिरल एएन प्रमोद र मेजर जनरल एसएस शारदा सहभागी थिए ।