• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ट्रम्पको साउदी यात्रामा मस्कको छुट्टै उपस्थिति

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प साउदी अरब भ्रमणमा रहेका छन्। ट्रम्पसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेग्सेथ, वाणिज्य मन्त्री होवार्ड लुट्निक र ऊर्जा मन्त्री क्रिस राइट पनि ‘एयर फोर्स वन’ मार्फत साउदी गएका छन्।

तर, खर्बपति व्यवसायी एलन मस्क भने छुट्टै उडानमार्फत साउदी जाने तय भएको छ। मस्क हाल ट्रम्प प्रशासनमा सरकारी दक्षता विभागको प्रमुखका रूपमा संलग्न छन्।

मस्क साउदीमा आयोजना हुने अमेरिका–साउदी लगानी फोरममा एक्स (पूर्व ट्विटर) का सीईओको हैसियतमा सहभागी हुँदैछन्। फोरम मंगलबार साँझ हुने बताइएको छ। आयोजकको वेबसाइटअनुसार एलन मस्क उक्त फोरमका ‘फिचर्ड स्पिकर’ मध्ये एक हुनेछन्।