• २०८३ असार ९
  • 2026 June 23, Tuesday

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।

चैत १५ गते राजधानीको तीनकुनेमा राजावादी समूहले आयोजना गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार म्याद थपको लागि अदालतमा पेस गरिएको थियो।

अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न भन्दै थप चार दिन हिरासतमा राख्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।