• २०८३ असार ९
  • 2026 June 23, Tuesday

रवि लामिछानेविरुद्धको मुद्दा : उच्च अदालत पोखराले मिसिल झिकाउन आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखराले कास्की जिल्ला अदालतमा पेश भएको मिसिल प्रमाण झिकाउन आदेश दिएको छ।

मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको संयुक्त इजलासले आइतबार उक्त आदेश दिएको हो।

शुक्रबार लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई मुद्दा अघि बढाइएको भन्दै इजलासमा आपत्ति जनाएका थिए। सोही कारण अदालतले आइतबारका लागि निवेदन ‘हेर्दाहेर्दैमा’ राख्दै मिसिल झिकाउने आदेश जारी गरेको हो।