• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं।  सोमबार दिउँसो जाजरकोट जिल्लाको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर २४ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।

यसअघि, जेठ २ गते बैतडीको खलंगा आसपास केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो।