• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ज्ञानेन्द्र शाहीको घोषणा : “ओलीसँग प्रत्यक्ष चुनावी प्रतिस्पर्धा गर्न तयार छु”

सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री संसदबाट होइन, प्रत्यक्ष रूपमा जनताबाट निर्वाचित हुनुपर्ने माग गर्दै प्रधानमन्त्री ओलिलाई कडा चुनौती दिएका छन्। उनले कार्यकारी प्रधानमन्त्री प्रणालीको पक्षमा आवाज उठाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला प्रतिस्पर्धाका लागि आह्वान गरेका छन्।

शाहीले भनेका छन्, “जहाँबाट तपाईं उठ्नुहुन्छ, म पनि त्यहीँबाट उम्मेदवारी दिन्छु। तपाईंले जित्नुभयो भने म माला लगाएर स्वागत गर्छु। तर अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्छ।”

उनको यो भनाइले नेपालको वर्तमान संसदीय व्यवस्थामाथि बहस फेरि चर्काएको छ। शाहीले जनताबाट सीधा चुनिएर आउने नेतृत्व मात्र सक्षम, जवाफदेही र स्थायी सरकार गठन गर्न सक्ने तर्क गरेका छन्। विशेषगरि आगामि जेठ १५ गते हुन गैरहेको राजावादि आन्दोलनलाई प्रभाव पार्नेगरी ओलिले अभीव्यक्ति दिएपछी पछिल्लो समय राप्रपा नेताहरु ओलि विरुद्द खनिएका छन् ।