काठमाडौं । काठमाडौं जिल्ला सुरक्षा समितिको बैठक आज साँझ ७ बजे बस्ने भएको छ।
जिल्लामा आयोजना हुन लागेको फरक–फरक प्रकृतिका कार्यक्रमलाई मध्यनजर गर्दै बैठक बोलाइएको सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले जानकारी दिए। जेठ १५ गते नेकपा (एमाले) र राजावादी समूहले काठमाडौंमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्न लागेका छन्।
यसअघि मंगलबार गृहमन्त्री रमेश लेखकको नेतृत्वमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो। सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूले काठमाडौंको समग्र सुरक्षा रणनीतिबारे ब्रिफिङ गरेका थिए।