• २०८३ असार ७
  • 2026 June 21, Sunday

गणतन्त्र दिवसलाई विशेष रूपमा मनाउँदै नेकपा एमाले

काठमाडौं।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज गणतन्त्र दिवसलाई विशेष उत्सवका रूपमा मनाउँदैछ। सात दशक लामो बलिदानी संघर्षपछि स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको महत्वलाई स्मरण गर्दै पार्टीले यो दिनलाई विशेष रुपमा मनाउने तयारी गरेको हो।

एमालेले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म काठमाडौंको भृकुटीमण्डपमा विशेष कार्यक्रम आयोजना गर्दैछ। प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, उपत्यकाका विभिन्न स्थानबाट मौलिक वेशभूषा र सांस्कृतिक झाँकीसहित कार्यकर्ताहरू र्यालीमा सहभागी भई भृकुटीमण्डपमा जम्मा हुनेछन्।

यसअघि, जेठ ११ गते बसेको पार्टी सचिवालय बैठकले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको थियो। आजको कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको पनि सहभागिता रहने जनाइएको छ।