काठमाडौं। सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूबीचको बैठक बानेश्वरमा सुरु भएको छ ।
बैठकमा हालको सदन अवरोध हटाउने र आगामी आर्थिक वर्षको बजेटमाथि छलफलका लागि समय तालिका तय गर्ने विषयमा छलफल भइरहेको छ ।सभामुख घिमिरेको पहलमा सुरु भएको यो बैठकपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने कार्यक्रम छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आरोप लगाउँदै सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरूले गृहमन्त्रीको राजीनामा र छानबिन आयोग गठन नभएसम्म सदनमा बजेट पेश गर्न दिए पनि अन्य कार्यसूची अघि बढ्न नदिने अडान लिएका छन् ।