काठमाडौँ । प्रतिनिधिसभाको आगामी दुई साप्ताहिको कार्यतालिका तय गर्न प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ।
सिंहदरबारस्थित सङ्घीय संसद सचिवालयको कानुन समितिको हलमा चलिरहेको बैठकले जेठ २० गतेदेखि जेठ मसान्तसम्मको पाक्षिक क्यालेन्डर तयार गर्ने तयारीमा छ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक अहिले पनि जारी रहेको जानकारी दिएका छन्। यसअघि सभामुख देवराज घिमिरेले पाक्षिक क्यालेन्डर निर्माणको विषयमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल समेत गरेका थिए।