काठमाडौं। प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म १९ दिन सञ्चालन हुने भएको छ।
सभामुख देवराज घिमिरेले आज बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले १९ दिन बैठक बस्ने कार्यतालिका पारित गरेको हो। बैठकअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक सञ्चालन हुनेछ।
पारित कार्यतालिकाअनुसार जेठ २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते बैठक बस्नेछ। असार महिनामा भने १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते बैठक तोकिएको छ।
कार्यतालिका :

