• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

प्रचण्डलाई ‘प्रश्न सोध्छु’ भन्ने नुवाकोटे युवालाई वाईसीएलले हाने मुक्का

शनिबार नुवाकोटको सूर्यगढीमा आयोजित कार्यक्रममै नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘एउटा प्रश्न छ, सोध्छु’ मात्र भनेका जनार्दन अधिकारीमाथि वाईसीएल कार्यकर्ताले मुक्का प्रहार गरेका छन् । प्रहरीको घेरा भित्रै मुक्का प्रहार गरेपछी उनलाई अहिले पनि हिरासतमा राखीएको छ । गाउँपालिका–२ का अधिकारीलाई प्रचण्डको मौन संकेतपछि पीएसओले बाहिर जान भने, प्रहरी आएर समात्न थाले, र पाँच मिटर टाढा पुग्दा नपुग्दै उनीमाथि हातपात भयो।

भएको के थियो भने, दर्शकदीर्घामा रहेका एक युवाले मञ्चमा भाषण गरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भन्छन् ,एउटा प्रश्न छ।

प्रचण्डले जवाफ फर्काउँछन्, ‘यो प्रश्नोत्तर कार्यक्रम होइन प्लिज !’

युवाले फेरि भन्छन्, ‘म आम नागरिकको हैसियतले तपाईंलाई प्रश्न सोध्न चाहन्छु ।’

त्यसपछि प्रचण्डले भन्छन्, ‘नागरिक छाड्नुस् न, यहाँ समय छैन ।

युवाले प्रतिप्रश्न गर्छन्, ‘मैले प्रश्न सोध्न पाउँदिन ?’

प्रचण्डको जवाफ हुन्छ, ‘अहिले हुँदैन । अघि पत्रकार सम्मेलन गर्दा जति सोधे नि हुन्थ्यो नि तपाईंले ?’

यसरी सवालजवाफका बिच पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफ्नो सम्बोधन अघि बढाउँछन् र लगत्तै भाषण सकेर कार्यक्रमस्थलबाट बिदा हुन्छन् ।’

प्रचण्ड बाहिरिने बित्तिकै वाईसीएल कार्यकर्ताले जनार्दनलाई मुक्का प्रहार गर्छन् । प्रहरीको घेरा भित्रै मुक्का प्रहार गरेपछी उनलाई अहिले पनि हिरासतमा लिएको थियो । पछी उनलाई सम्जाइबुझाई गरेर छाडिएको थियो ।
मुक्का प्रहार पछी जब उनलाई हिरासतमा राखियो स्थानियले प्रचण्डप्रति प्रश्न उठाएका थिए— ‘प्रश्न गर्दा यस्तो व्यवहार हुने गणतन्त्र केका लागि?’त्यतिबेलै दर्शकदीर्घाबाट समेत विरोधको स्वर उठेको थियो, ‘प्रश्न राख्छु भन्दैमा मुक्का हान्न पाइन्छ र?’

यसरी प्रचण्डलाई प्रश्न सोध्ने युवा हुन्, सोही गाउँपालिकाको वडा नम्बर २ निवासी युवा जनार्दन अधिकारी । उनी राप्रपाका स्थानीय नेता भएको खुलेको छ । उनले आफू राप्रपा वडा नम्बर २ को सचिव भएको स्वीकार गरेका छन् । यस्तै उनले आफू युवा संघ नुवाकोटको पनि सचिव भएको खुलाए ।