गायक तथा संगीतकार गणेश रसिकको निधन आइतबार भएको छ।
७७ वर्षका रसिकले हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा अन्तिम सास लिए, गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिएका छन्।
उनी पछिल्लो पाँच वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए। रसिककी छोरी विदेशमा रहेकाले सोमबार मात्रै अन्त्येष्टि गरिने भएको अध्यक्ष थापाले बताएका छन्।