रविवार राजधानीको नक्सालस्थित नारायणचौरबाट पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापा सहित ६ जनालाई प्रहरीले काठमाडौँको भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा राखेको छ।
राजावादी आन्दोलनको क्रममा निषेधित क्षेत्र बालुवाटारतर्फ प्रवेश गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए।
पक्राउ पर्नेमा कमल थापासँगै ललितपुरकी ६२ वर्षीया शिला राणा, भक्तपुरका रामचन्द्र लामिछाने, टोखाका बिनोद कपाली, र सरोज तिमिल्सिना रहेका छन्।