गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित सहसचिवहरूको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णयबाट बर्दिया, कास्की, धनुषा र पाँचथरका सिडिओहरूको सरुवा गरिएको हो। सरुवाबारे मन्त्रालयका कर्मचारी प्रशासन महाशाखा प्रमुख छवि रिजालले जानकारी दिएका हुन्।
उनका अनुसार बर्दियामा कार्यरत प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई कास्की पठाइएको छ भने कास्कीका सिडिओ भरतमणि पाण्डेलाई मन्त्रालयमा फिर्ता बोलाई जगेडामा राखिएको छ।
यसैगरी, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियामा पठाइएको छ। त्यस्तै, शंकरहरि शर्मालाई धनुषाको सिडिओ बनाइएपछि त्यहाँ कार्यरत रामुराज कडरीयालाई मन्त्रालयमा तानिएको छ।
पाँचथरका लागि सहसचिव अरुण पोखरेललाई सिडिओको जिम्मेवारी दिइएको छ।
सरुवासम्बन्धी यो निर्णय गृहमन्त्री स्तरबाट गरिएको हो।