• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कमल थापाले दिए प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद !

काठमाडौं।  राप्रपा नेपालका अध्यक्ष कमल थापा आइतबार पक्राउ परेपछि राति रिहा भएका छन्। रिहाइपछिको प्रतिक्रिया दिँदै थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्यङ्ग्यात्मक शैलीमा धन्यवाद दिएका छन्।

थापाले सोमबार बिहान फेसबुकमा लेख्दै भनेका छन्, “धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईँहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।”

उनले आफूहरूले कुनै निषेधित क्षेत्र नतोडेको दाबीसमेत गरेका छन्। “हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ,” थापाको भनाइ छ। थापाले दमन र निषेधले विचारहरू मर्न नसक्ने उल्लेख गर्दै हिन्दू राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाका लागि आफ्नो प्रतिबद्धता अझ सुदृढ बनेको बताएका छन्।

रविवार दिउँसो “राजा फर्काउने” भन्ने नारासहित भएको प्रदर्शनको क्रममा थापा नारायणचौरबाट पक्राउ परेका थिए। उनलाई सात अन्य समर्थकहरूसहित सोही राति रिहा गरिएको थियो।