• २०८३ असार ७
  • 2026 June 21, Sunday

आज राजावादीको प्रदर्शन नहुने

काठमाडौं । राजावादी समूहले आज सोमबार कुनै प्रदर्शन नगर्ने निर्णय गरेको छ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सोमबार जारी गरेको विज्ञप्तिमा आजको दिन राजपरिवारका सदस्यहरूको हृदयविदारक निधन भएको स्मरणमा सम्पूर्ण नेपालीका लागि शोकको दिन भएको जनाइएको छ।

त्यसैले जुलुस, धर्ना लगायतका आन्दोलनका कार्यक्रमहरू आजका लागि स्थगित गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तै, दिवङ्गत आत्माहरूको चिर शान्तिका लागि आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिने समितिले जनाएको छ।