• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सरकार–यातायात व्यवसायीबीच वार्ता टुंग्याउन समिति गठन

सरकार र यातायात व्यवसायीबीच वार्ता प्रक्रिया अघि बढाउन समिति गठन गरिएको छ।

गृहमन्त्री, मुख्यसचिव र यातायात मन्त्रालयका सचिवबीच गृहमन्त्रालयमा बसेको छलफलपछि वार्ता समिति बनाएर संवाद अघि बढाउने सहमति भएको हो।

सरकारी पक्षबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको छ, जसमा विभिन्न मन्त्रालयका प्रतिनिधिहरू सहभागी छन्।

त्यसैगरी व्यवसायी र मजदुर पक्षबाट पनि वार्ता टोली बनाइएको छ, जसको नेतृत्व यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले गरिरहेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार सबै सम्बन्धित संघसंस्थाका अध्यक्षहरू उक्त वार्ता टोलीमा सहभागी छन्।

अब खाना पछि औपचारिक वार्ता सुरू हुने जनाइएको छ। व्यवसायीहरूले हाल सात बुँदे मागसहित अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।