• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

काठमाडौँ महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

काठमाडौं।  काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।

महानगर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरुगाईको निर्णयअनुसार पाण्डेलाई निलम्बन गरिएको हो। पाण्डेले मङ्गलबार निलम्बनको पत्र बुझेको पुष्टि गरेका छन्।

उनले आफूले राम्रो काम गरिरहेका बेला निलम्बनमा पारिएको भन्दै गुनासो गरे। “महानगरमा इमानदार रूपमा काम गरिरहेकै बेला निलम्बन गरियो,” पाण्डेले प्रतिक्रिया दिए।