• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

माओवादी केन्द्रले स्थगित गर्यो मध्य पहाडी लोकमार्ग केन्द्रित जागरण अभियान

नेकपा (माओवादी केन्द्र) ले पूर्व निर्धारित मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको जागरण अभियान स्थगन गर्ने निर्णय गरेको छ।

यसअघि जेठ १६ गते बसेको माओवादी पदाधिकारी बैठकले उक्त अभियान जेठ २१ देखि २५ गतेसम्म सञ्चालन गर्ने तय गरेको थियो। तर, मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशसहित मध्य पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको बताएपछि अभियान हाललाई रोकिएको माओवादी केन्द्र केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनले जानकारी दिए।

पुनका अनुसार वर्षाका कारण धेरै स्थानमा सडकहरू भत्किएका छन् र यस्तै परिस्थितिका कारण सावधानी स्वरूप अभियान स्थगन गर्नुपरेको हो। उनले भने, “कोशी प्रदेशलगायत मध्य पहाडी क्षेत्रका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ। सडकको अवस्थासमेत कमजोर भएकाले आजदेखि २५ गतेसम्मको अभियान रोकिने निर्णय गरिएको हो।”

सोमबार माओवादी केन्द्रले जारी गरेको परिपत्रमा पनि अभियानको तालिका नराखिएको उल्लेख गर्दै पुनले प्रतिकूल मौसमकै कारण कार्यसूची परिवर्तन गरिएको स्पष्ट पारे।
पहिलो चरणको अभियान जेठ २ गते बैतडीको पाटन बजारबाट सुरु भई पोखरामा सम्पन्न भएको थियो