• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काग र लोखर्केले तार छोएपछि सर्ट, सिंहदरबार अन्धकारमा

काठमाडौँ । काग र लोखर्केले विद्युत् लाइन छोएपछि सर्ट भएको कारण सिंहदरबार क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार सिंहदरबारभित्र करिब एक घन्टादेखि विद्युत् सेवा अवरुद्ध भएको हो।

“नेपाल टेलिभिजन अगाडि रहेको तारमा काग र लोखर्केले छोएपछि सर्ट भइ करेन्ट लागेर दुबै मरेका छन्,” ढकालले जानकारी दिए, “सिंहदरबार क्षेत्रमा विद्युत् अवरुद्ध छ र मर्मतको काम जारी छ।”

बिजुली अवरुद्ध भएपछि सिंहदरबारभित्रका सरकारी कार्यालयहरूको नियमित कामकाजसमेत प्रभावित भएको छ।