• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

तीन दिनका लागि सवारी लाइसेन्स छपाइ स्थगित

काठमाडौँ । सवारी चालक अनुमति पत्र (लाइसेन्स) को छपाइ तीन दिनका लागि बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागका अनुसार छपाइ मेसिन मर्मत गर्नुपर्ने भएकाले जेठ २७ गतेदेखि २९ गतेसम्म लाइसेन्स छपाइ प्रक्रिया स्थगित रहनेछ।

विभागले अत्यावश्यक कामका लागि लाइसेन्स चाहिने सेवाग्राहीहरूलाई जेठ २५ गतेभित्र निवेदन दर्ता गरी अनुमोदन (एप्रुभ) भएको सुनिश्चित गर्न अनुरोध गरेको छ।

यस अवधिमा लाइसेन्स छपाइ नहुने भएकाले समयमै प्रक्रिया पूरा गर्न विभागले सेवाग्राहीलाई सचेत रहन आग्रह गरेको छ।