काठमाडौं। सिंहदरबारको दक्षिण गेटबाहिर राजतन्त्र पुनःस्थापनाको माग गर्दै नाराबाजी गर्न पुगेका युवामध्ये चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गणतन्त्रविरोधी नारा लगाउँदै प्रदर्शनमा उत्रिएका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरूलाई शान्ति सुरक्षामा असर पर्ने कार्यमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएको बताइएको छ।
यसअघि बुधबार राजसंस्था पुनःस्थापनाका लागि आन्दोलनको नयाँ रणनीति बनाउन काठमाडौंमा भेलाको आयोजना गरिएको थियो। सो भेलामा युवा समूहले नेतृत्व पंक्तिमा परिवर्तनको आवश्यकता औंल्याउँदै आ–आफ्नो तर्फबाट छुट्टै संघर्ष कार्यक्रम सार्वजनिक गरेका थिए।
आजको प्रदर्शन पनि त्यही घोषणाअनुसार गरिएको हो। प्रदर्शनकारीहरूले “राजतन्त्र ल्याऔँ”, “गणतन्त्र मुर्दावाद” लगायतका नाराहरू लगाएका थिए। प्रहरीले स्थिति नियन्त्रणमा लिन परिचालन गरिएको जनाइएको छ।