• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतको अपरेशन सिन्दूरः चिनियाँ हतियारमा निर्भर पाकिस्तानको हार

भारतको आधुनिक रक्षा शक्तिको रूपान्तरण प्रधानमन्त्री नरेन्द्र मोदीले “मेक इन इन्डिया” अभियान शुरू गरेपछि सन् २०१४ बाट शुरू भयो । जसको उद्देश्य विदेशी हतियार आयातमा निर्भरता घटाउन र विश्वस्तरीय स्वदेशी रक्षा उद्योग निर्माण गर्नु थियो । यो नीतिले संयुक्त उद्यमहरूलाई प्रोत्साहन दियो, रक्षा क्षेत्रमा ७४ प्रतिशतसम्म विदेशी प्रत्यक्ष लगानीको ढोका खोल्यो र सार्वजनिक तथा निजी क्षेत्रका निर्माताहरूलाई देशमै उन्नत सैन्य उपकरण बनाउन प्रेरित गर्‍यो । केही वर्षमै ब्रह्मोस मिसाइल, के–९ वज्र हाउइट्जर र एके–२०३ राइफलजस्ता प्रणालीहरू भारतमै उत्पादन हुन थाले । यी धेरैजसो प्रणालीहरू प्राविधिक साझेदारीमा बने, तर स्वदेशी नियन्त्रण बिस्तारै बढ्दै गयो ।

सन् २०२० मा कोभिड–१९ महामारी र गलवान उपत्यकामा चीनसँगको तनावले विदेशी आपूर्ति शृंखलाको कमजोरी र सैन्य आत्मनिर्भरताको आवश्यकता उजागर गर्‍यो । जवाफमा, प्रधानमन्त्री मोदीले “आत्मनिर्भर भारत” अभियान शुरू गरे । यो केवल आर्थिक नीति थिएन, यो राष्ट्रिय सुरक्षा सिद्धान्त बन्यो । भारतले प्रमुख रक्षा आयातमा चरणबद्ध प्रतिबन्ध लगायो, सशस्त्र बललाई आपतकालीन खरिदको अधिकार दियो र स्वदेशी अनुसन्धान, डिजाइन र उत्पादनमा ठूलो लगानी गर्यो । सन् २०२५ सम्ममा रक्षा खरिदमा स्वदेशी सामग्री ३० प्रतिशतबाट बढेर ६५ प्रतिशत पुग्यो । दशकको अन्त्यसम्म ९० प्रतिशतको लक्ष्य राखिएको छ ।

यो अभियानको कठिन परीक्षा सन् २०२५ को अप्रिल २२ मा भयो । पाकिस्तान समर्थित आतंककारीहरूले जम्मू–कश्मीरको बैसारन उपत्यकामा आक्रमण गरे, जसमा २६ नागरिकको ज्यान गयो । जवाफमा, भारतले अपरेशन सिन्दूर शुरू गर्यो । यो द्रुत र बहुक्षेत्रीय सैन्य अभियानले सीमापार रहेका आतंकवादी सञ्जालहरूलाई ध्वस्त पार्यो र भारतको रक्षा रूपान्तरणको शक्ति प्रमाणित गर्‍यो ।

अपरेशन सिन्दूरले भारतका स्वदेशी हतियार प्रणालीहरूलाई पाकिस्तानले प्रयोग गरेका चिनियाँ हतियारहरूसँग तुलना गर्‍यो । भारतले युद्धक्षेत्रमा मात्र जितेन, प्रविधिको कसौटीमा पनि विजयी भयो । यो केवल प्रतिशोध थिएन, यो “मेक इन इन्डिया” र “आत्मनिर्भर भारत” सिद्धान्तहरूमा आधारित स्वदेशी हतियारहरूको रणनीतिक प्रदर्शन थियो ।

भारतको शस्त्रागारः स्वदेशी र युद्ध–परीक्षित

ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलः रूससँगको सहकार्यमा विकसित भए पनि मुख्यतः भारतमै निर्मित यो मिसाइल विश्वकै सबैभन्दा छिटो र सटीक क्रूज मिसाइलहरू मध्ये एक हो । म्याक २.८ देखि ३.० को गतिमा उड्ने र २९० देखि ५०० किलोमिटर दूरीसम्म प्रहार गर्न सक्ने यो मिसाइलले रडार स्टेशन र कठोर बंकरजस्ता उच्च–मूल्यका लक्ष्यहरू ध्वस्त पार्यो । यसको तीव्र गति र कम रडार क्रस–सेक्शनले यसलाई रोक्न लगभग असम्भव बनायो ।

आकाश सतह–देखि–हवाई मिसाइल प्रणालीः रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) र भारत डायनामिक्सले बनाएको यो प्रणाली सबै मौसममा काम गर्ने मोबाइल हवाई रक्षा प्रणाली हो । यसको दायरा २५ देखि ३० किलोमिटर छ । यो कृत्रिम बुद्धिमत्ता (एआई)–आधारित हवाई रक्षा नेटवर्कसँग जोडिएको छ, जसले ड्रोन, क्रूज मिसाइल र विमानजस्ता हवाई खतराहरूलाई वास्तविक समयमा समन्वयित रूपमा जवाफ दिन सक्यो ।

रुद्रम–१ मिसाइलः यो भारतको पहिलो स्वदेशी एन्टि–रेडिएसन मिसाइल हो, जसले शत्रुका रडार उत्सर्जनलाई लक्षित गरी हवाई रक्षा नेटवर्क निष्क्रिय गर्छ । अपरेशन सिन्दूरमा यसले नियन्त्रण रेखाका प्रमुख क्षेत्रहरूमा पाकिस्तानी रडारहरूलाई निष्क्रिय बनायो र उनीहरूको परिस्थितिगत जागरूकता कमजोर पार्यो ।

नेत्रा हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणालीः डीआरडीओले एम्ब्रेर प्लेटफर्ममा बनाएको यो स्वदेशी हवाई निगरानी प्रणालीले शत्रुका विमान र मिसाइलहरूको वास्तविक समयमा ट्र्याकिङ गर्छ । यसले भारतीय जेटहरूलाई गहिरो प्रहारका लागि मार्गदर्शन गर्यो । पाकिस्तानको स्विडिश साब २००० हवाई चेतावनी प्रणाली लामो दूरीको मिसाइलद्वारा नष्ट हुँदा यसको प्रभावकारिता स्पष्ट भयो ।

स्काइस्ट्राइकर र हारोप लोइटरिङ म्युनिसन्सः यी सटीक–निर्देशित “कामिकाजे” ड्रोनहरू युद्धक्षेत्रमा घुम्छन् र शत्रुका लक्ष्यमा प्रहार गर्छन् । हारोप इजरायल एयरोस्पेस इन्डस्ट्रिज र भारत इलेक्ट्रोनिक्स लिमिटेडको सहकार्यमा बनाइएको हो, भने स्काइस्ट्राइकर एल्बिटसँगको संयुक्त उद्यममार्फत भारतमै भेला गरिएको हो । यी ड्रोनहरूले मोबाइल रडार, काफिला र शत्रुका महत्वपूर्ण संरचनाहरूलाई न्यूनतम क्षतिमा नष्ट गरे ।

डिफोरएसः भारतको डिफोरएस काउन्टर–ड्रोन प्रणाली रडार, रेडियो फ्रिक्वेन्सी ज्यामर, इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड सेन्सर हतियारहरूको संयोजन हो । यसले चिनियाँ–निर्मित पाकिस्तानी ड्रोनहरूलाई निष्क्रिय गर्यो । यो प्रणालीले भारतको प्रतिक्रियाशील हवाई रक्षाबाट सक्रिय इलेक्ट्रोनिक युद्ध प्रभुत्वमा सर्ने क्षमता देखायो ।

एम–७७७ अल्ट्रा–लाइट हाउइट्जरः यो अमेरिकाबाट आयात गरिएको हो, तर भारतीय पहाडी युद्ध रणनीतिका लागि अनुकूलित छ । यसले नियन्त्रण रेखा पार नगरी आतंकवादी शिविरहरूमा एक्सक्यालिबर सटीक गोला प्रयोग गरेर प्रहार गर्‍यो । यसको हल्कापन र द्रुत तैनातीले उच्च–उचाइका क्षेत्रमा प्रभावकारी बनायो ।

भारतले अपग्रेड गरिएका टी–७२ मुख्य युद्ध ट्यांकहरू नियन्त्रण रेखामा निगरानीका लागि तैनाथ गर्‍यो । हिमाली भू–भागका लागि अनुकूलित जोरावर लाइट ट्यांक विकासको क्रममा छ । यी ट्यांकहरूले भारतको गतिशीलता र युद्धक्षमता प्रदर्शन गरे ।

राफाल, एसयू–३० एमकेआई र मिराज २००० जस्ता उन्नत लडाकु विमानहरुले अपरेशन सिन्दूरमा महत्वपूर्ण भूमीका खेले । फ्रान्सेली राफालले स्काल्प लामो दूरीका क्रूज मिसाइलहरु प्रयोग गरेर शत्रुका सुदृढ स्थानहरुमा गहिरो प्रहार गर्‍यो ।

यी लडाकु विमानमा जडित मिसाइलले १०० किलोमिटर टाढाका लक्ष्य प्रहार गर्न सक्थे । यो क्षमताले भारतलाई हवाई युद्धमा ठूलो फाइदा दियो । भारतमा लाइसेन्स अन्तर्गत निर्मित रूसी डिजाइनको एसयू–३० एमकेआई र फ्रान्सेली मिराज २००० ले बहु–प्रहार अभियान सञ्चालन गरे र हवाई नियन्त्रण सुनिश्चित गरे । यी विमानहरू नेत्रा हवाई चेतावनी प्रणालीको सुरक्षात्मक छातामुनि उडे, जसले युद्धक्षेत्रको समन्वय र शत्रु गतिविधिको निगरानी गर्यो । रुद्रम मिसाइलहरूले शत्रुका रडार र हवाई रक्षा प्रणाली निष्क्रिय बनाएर सुरक्षित हवाई सञ्चालन सुनिश्चित गरे ।

पाकिस्तानको शस्त्रागार चिनियाँ र अन्य विदेशी प्रणालीहरूमा निर्भर थियो, र ती युद्धमा असफल सावित भए । जेएफ–१७ थन्डर विमान पाकिस्तानमा उत्पादित भए पनि चीनको चेङ्दु एयरोस्पेसद्वारा डिजाइन र निर्मित हुन् । चिनियाँ एभियोनिक्स, रडार र इन्जिनमा निर्भर छ यो विमान । यो विमान भारतीय इलेक्ट्रोनिक युद्ध र हवाई रक्षा प्रणालीको दबाब अगाडि टिक्न सकेन ।

अमेरिकी एफ–१६ विमानहरू, जुन प्राविधिक रूपमा जेएफ–१७ भन्दा उत्कृष्ट थिए, तर, अमेरिकी प्रयोग–प्रतिबन्धका कारण भारतविरुद्ध यीनको प्रयोग हुन सकेनन् ।

चिनियाँ एचक्यू–८० र एफडी–९० हवाई रक्षा प्रणालीहरूले भारतका कम–उचाइका ड्रोन र सटीक हतियार रोक्न सकेनन् । यसले पाकिस्तानलाई निष्क्रिय रक्षामा सीमित गर्‍यो । पाकिस्तानले प्रयोग गरेका चिनियाँ सीएच–४ ड्रोनहरू, जुन निगरानी र हल्का प्रहारका लागि थिए, भारतीय डिफोरएस प्रणालीले सजिलै नष्ट वा जाम गर्‍यो । यी ड्रोनहरूले भारतको प्रभुत्व रहेको भू–भाग र इलेक्ट्रोनिक वातावरणमा कमजोर प्रदर्शन गरे । पाकिस्तानले ड्रोन सञ्चालनका लागि टर्कीका अपरेटरहरू ल्याउनुपरेको खबरले उसको उपकरण र जनशक्तिमा परनिर्भरता स्पष्ट गर्‍यो । स्वीडेनबाट प्राप्त पाकिस्तानको प्रमुख हवाई चेतावनी प्रणाली साब २०००, भारतको एस–४०० प्रणालीले नष्ट गर्‍यो । यो घटनाले पाकिस्तानको हवाई क्षेत्रको कमान्ड–नियन्त्रण क्षमता अपाङ्ग बनायो ।

अभियानको अन्त्यसम्ममा, पाकिस्तानले आफ्ना प्रमुख रडार स्टेशनहरू, मुख्य हवाई चेतावनी विमान, दर्जनौं ड्रोनहरू र भारतीय हवाई क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमता गुमायो । भारतले एक सार्वभौम शक्तिको रूपमा लड्यो, जसले आफैंले डिजाइन गरेका, बनाएका र तैनाथ गरेका सटीक हतियारहरू प्रयोग गरेर युद्धक्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्यो । पाकिस्तान चिनियाँ हतियारहरूमा भर पर्यो, पाकिस्तानले ति युद्ध सामाग्रि निर्यातका लागि बनाएको थियो, यद्धमा उत्कृष्ट प्रदर्शनका लागि होईन । त्यसकारण पाकिस्तानको चिनियाँ रक्षा, सैन्य प्रणालीहरूले युद्धको चुनौती सामना गर्न सकेनन्, र इस्लामाबादको रक्षा रणनीतिको कमजोरी उजागर भयो ।

विश्व बजारले यो नतिजालाई नजिकबाट नियाल्यो । भारतीय रक्षा कम्पनीहरूको सेयर बजारमा उछाल आयो । पारस डिफेन्स एन्ड स्पेसको सेयर मे २०२५ मा ४९ प्रतिशतले ले बढ्यो, र एचएएल टेक्नोलोजी र डाटा प्याटन्र्सले लगानीकर्ताको विश्वास जिते । यसको विपरीत, चिनियाँ रक्षा कम्पनीहरू चेङ्दु एयरोस्पेस, लियानयुन्गाङ र एविकको सेयर मूल्यमा तीव्र गिरावट आयो । युद्धक्षेत्रमा उनीहरूका हतियारहरूको कमजोरीले तिनका प्रचारहरूलाई गलत साबित गर्‍यो ।

अपरेशन सिन्दूर केवल सैन्य अभियान थिएन । यो प्राविधिक सामर्थ्यको प्रदर्शन, बजारका लागि संकेत र रणनीतिक आत्मनिर्भरताको खाका थियो । भारतले विश्वलाई देखायो कि आधुनिक युद्धमा आत्मनिर्भरता कस्तो हुन्छ । यो अभियानले “आत्मनिर्भर भारत” सिद्धान्त युद्धको आगोमा पनि बलियो र प्रभावकारी छ भन्ने प्रमाणित गर्‍यो ।

नेत्रा हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणाली

रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले एम्ब्रेर प्लेटफर्ममा बनाएको नेत्रा भारतको स्वदेशी हवाई चेतावनी र नियन्त्रण प्रणाली हो । यसले शत्रुका विमान र मिसाइलहरूलाई वास्तविक समयमा ट्र्याक गर्यो र भारतीय जेटहरूलाई सटिक प्रहारका लागि मार्गदर्शन गर्‍यो । यसको प्रभावकारिता तब स्पष्ट भयो, जब पाकिस्तानको स्विडिश साब २००० हवाई चेतावनी विमान भारतको लामो दूरीको मिसाइलद्वारा नष्ट भयो ।

लोइटरिङ म्युनिसन्स

भारतले हारोप र स्काइस्ट्राइकर ड्रोनहरू तैनाथ गर्‍यो । यी सटीक–निर्देशित “कामिकाजे” ड्रोनहरू युद्धक्षेत्रमा घुम्छन् र शत्रुका लक्ष्यमा सिधै प्रहार गर्छन् । हारोप इजरायल एयरोस्पेस इन्डस्ट्रिज र भारत इलेक्ट्रोनिक्स लिमिटेडको सहकार्यमा इजाजतपत्र अन्तर्गत निर्मित हो । स्काइस्ट्राइकर भने एल्बिटसँगको संयुक्त उद्यममार्फत भारतमै असेम्बल गरिएको हो । यी ड्रोनहरूले मोबाइल रडार, काफिला र शत्रुका महत्वपूर्ण संरचनाहरूलाई न्यूनतम क्षतिमा नष्ट गरे ।

डिफोरएस काउन्टर–ड्रोन प्रणाली

यो स्वदेशी बहु–तह ड्रोन रक्षा प्रणाली रडार, रेडियो फ्रिक्वेन्सी ज्यामर, इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड सेन्सर तथा गतिज हतियारहरूको संयोजन हो । भारतको ड्रोन डिटेक्ट, डिटर र डिस्ट्रोय (डिफोरएस) प्रणालीले दर्जनौं चिनियाँ–निर्मित पाकिस्तानी ड्रोनहरूलाई निष्क्रिय गर्‍यो । यो प्रणालीले प्रतिक्रियात्मक हवाई रक्षाबाट सक्रिय इलेक्ट्रोनिक युद्ध प्रभुत्वमा भारतको सङ्क्रमण देखायो ।

एम–७७७ अल्ट्रा–लाइट हाउइट्जर

अमेरिकाबाट आयातित यो हाउइट्जर भारतीय पहाडी युद्ध रणनीतिका लागि अनुकूलित छ । यसले नियन्त्रण रेखा पार नगरी आतंकवादी शिविरहरूमा एक्सक्यालिबर सटीक–निर्देशित गोला प्रयोग गरेर प्रहार गर्‍यो । यसको हल्कापन र द्रुत तैनाथीले उच्च–उचाइका क्षेत्रमा प्रभावकारी बनायो ।

टी–७२ मुख्य युद्ध ट्यांक र जोरावर लाइट ट्यांक

भारतले नियन्त्रण रेखामा निगरानीका लागि अपग्रेड गरिएका टी–७२ ट्यांकहरू तैनाथ गर्‍यो । हिमाली भू–भागका लागि अनुकूलित जोरावर लाइट ट्यांक विकासको क्रममा छ । यी प्रणालीहरूले चुनौतीपूर्ण हिमाली क्षेत्रमा भारतको गतिशीलता र अग्निशक्तिको निरन्तर लगानी देखाउँछन् ।

हवाई प्लेटफर्महरूः राफाल, एसयू–३० एमकेआई, मिराज २०००

भारतले अपरेशन सिन्दूरमा आफ्ना सबैभन्दा उन्नत लडाकु विमानहरू तैनाथ गर्‍यो । फ्रान्समा निर्मित राफाल बहु–भूमिका विमानले स्काल्प लामो दूरीका क्रूज मिसाइलहरू प्रयोग गरेर शत्रुका सुदृढ स्थानहरूमा गहिरो प्रहार गर्‍यो । यसले उल्का हावा–हावामा मिसाइलहरू बोकेको थियो, जसले १०० किलोमिटरभन्दा टाढाका लक्ष्य प्रहार गर्न सक्थे । यसले भारतलाई हवाई युद्धमा निर्णायक अग्रता दियो ।

रूसको डिजाइनमा आधारित र भारतमा लाइसेन्स अन्तर्गत निर्मित एसयू–३० एमकेआई दुई–इन्जिन सहितको लडाकु विमान र फ्रान्सेली मिराज २००० ले हवाई क्षेत्रमा भारतको नियन्त्रण कायम राखे । यी जेटहरू नेत्रा हवाई चेतावनी प्रणालीको सुरक्षात्मक छातामुनि उडे, जसले आकाशमा आँखाको काम गर्‍यो । यसले शत्रुका विमान ट्र्याक गर्‍यो र युद्धक्षेत्रको समन्वय गर्यो । रुद्रम एन्टि–रेडिएसन मिसाइलहरूले शत्रुका रडार र हवाई रक्षा प्रणालीहरू निष्क्रिय बनाएर सुरक्षित हवाई सञ्चालन सुनिश्चित गरे ।

पाकिस्तानको शस्त्रागारः चिनियाँ प्रणाली र रणनीतिक असफलता
जेएफ–१७ थन्डर (ब्लक टु/थ्रि)

पाकिस्तानमा उत्पादन भए पनि चीनको चेङ्दु एयरोस्पेसद्वारा डिजाइन र निर्मित जेएफ–१७ विमान खासमा चिनियाँ एभियोनिक्स, रडार, केएलजे–९३ इन्जिन र हतियारहरूमा निर्भर छ । अपरेशन सिन्दूरमा यी विमानहरूले हवाई श्रेष्ठता हासिल गर्न वा भारतीय आक्रमणहरूको सामना गर्न सकेनन् । सीमित पेलोड, पुरानो रडार र कमजोर क्षमताले भारतीय इलेक्ट्रोनिक युद्ध र हवाई रक्षा प्रणालीको दबाबमा यिनीहरूको कमजोरी छताछुल्ल भयो ।

एफ–१६ फाइटिंग फाल्कन (अमेरिकी)

प्राविधिक रूपमा जेएफ–१७ भन्दा उत्कृष्ट भए पनि, पाकिस्तानका एफ–१६ विमानहरू अमेरिकी अन्तिम–प्रयोगकर्ता सम्झौताहरूले प्रतिबन्धित थिए । यी सम्झौताले भारतविरुद्ध तिनको प्रयोगमा रोक लगाएको थियो । फलस्वरूप, अपरेशन सिन्दूरमा यी विमानहरू प्रयोगहिन भए ।

एचक्यू–९ र एचक्यू–१६ हवाई रक्षा प्रणाली

रूसको एस–३०० र बुक प्रणालीहरूको चिनियाँ नक्कल हो एचक्यू–९ र एचक्यू–१६ हवाई रक्षा प्रणाली । पाकिस्तानले यीनै नक्कल गरिएका प्रणालीलाई भारतीय हवाई र मिसाइल आक्रमण रोक्न तैनाथ गरेको थियो । तर, भारतीय ज्यामिङ प्रणालीहरूको सामु यी असफल भए । ब्रह्मोस मिसाइल र लोइटरिङ ड्रोनहरूले यी प्रणालीहरूलाई सजिलै छलिदिए । यसले यिनका गम्भीर कमजोरीहरू उजागर गर्‍यो ।

एचक्यू–८० र एफडी–९० हवाई रक्षा

यी रक्षा प्रणालीहरू निकै पुरानो मोडलमा आधारितछन् । चीनमा बनेका यी रक्षा प्रणालीले भारतका कम उचाइमा उड्ने ड्रोन र सटीक हतियारहरूलाई पत्ता लगाउन वा रोक्न सकेनन् । यस्ता कमजोर रक्षा प्रणालीका कारण पाकिस्तानलाई विश्वसनीय प्रत्याक्रमणको सट्टा निष्क्रिय रक्षामा निर्भर हुन बाध्य बनायो ।

सीएच–४ ड्रोन

पाकिस्तानले निगरानी र हल्का प्रहारका लागि व्यापक रूपमा प्रयोग गरेका चिनियाँ सीएच–४ ड्रोनहरू भारतीय डिफोएस प्रणालीले बारम्बार नष्ट वा जाम गर्यो । भारतको प्रभुत्व रहेको भू–भाग र इलेक्ट्रोनिक वातावरणमा यिनले कमजोर प्रदर्शन गरे । ड्रोन सञ्चालनका लागि टर्कीका अपरेटरहरू ल्याउनुपरेको खबरले पाकिस्तानको उपकरण र जनशक्तिमा परनिर्भरता उजागर गर्‍यो ।

साब २००० हवाई चेतावनी प्रणाली

पाकिस्तानको प्रमुख हवाई प्रारम्भिक चेतावनी र नियन्त्रण प्रणाली थियो साब २००० । यो प्रणाली सम्भवतः भारतको एस–४०० मिसाइल प्रणालीद्वारा नष्ट भयो । यसले पाकिस्तानको हवाई क्षेत्रको जागरूकता कमजोर बनायो र कमान्ड तथा नियन्त्रण कार्यहरूलाई पूर्ण रूपमा प्रभावित गर्‍यो ।

अभियानको अन्त्यसम्ममा, पाकिस्तानले आफ्ना प्रमुख रडार स्टेशनहरू, मुख्य हवाई चेतावनी विमान, दर्जनौँ ड्रोनहरू र भारतीय हवाई क्षेत्रमा प्रतिस्पर्धा गर्ने क्षमता गुमायो ।

नतिजाः भारतको स्वायत्त शक्ति भर्सेस पाकिस्तानको परनिर्भरता

भारतले एक स्वायत्त शक्तिको रूपमा अपरेशन सिन्दूर लड्यो । भारत आफैँले डिजाइन गरेका, निर्मित र तैनाथ गरेका सटीक हतियारहरू प्रयोग गरेर युद्धक्षेत्रमा पूर्ण नियन्त्रण कायम गर्‍यो । पाकिस्तानले भने एक प्रोक्सी शक्तिको रूपमा लड्यो । पाकिस्तान उत्कृष्टताका लागि नभई व्यापारीक निर्यातका लागि बनाइएका चिनियाँ हार्डवेयरमा निर्भर थियो । चुनौतीको सामना गर्नुपर्दा चिनियाँ प्रणालीहरू असफल भए । यसले इस्लामाबादको रक्षा रणनीतिको खोक्रोपनलाई स्पष्ट रूपमा उजागर गर्‍यो ।

अपरेशन सिन्दूर केवल एक सैन्य अभियान थिएन । यो भारतको प्राविधिक सामथ्र्यको प्रदर्शन, बजारका लागि संकेत र रणनीतिक आत्मनिर्भरताको खाका थियो । भारतले विश्वलाई देखायो कि आधुनिक युद्धमा आत्मनिर्भरता कस्तो हुन्छ । यो अभियानले “आत्मनिर्भर भारत” सिद्धान्त युद्धको कठिन परिस्थितिमा पनि प्रभावकारी र बलियो छ भन्ने कुरा प्रमाणित गर्‍यो ।

यो लेख जोन स्पेन्सरको एक्स अकाउन्टबाट नेपाली अनुवाद गरिएको हो ।
https://x.com/spencerguard/status/1927900481248186485?s=46

–जोन स्पेन्सर अमेरिकाको एक पुरस्कार विजेता विद्वान, प्राध्यापक, लेखक, राष्ट्रिय सुरक्षा, सैन्य विश्लेषक, शहरी युद्ध, सैन्य रणनीति, अन्य सम्बन्धित विषयहरूमा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त विशेषज्ञ र सल्लाहकार हुन् ।