अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका थप ५० जना नेपाली नागरिकलाई अमेरिका सरकारले देश निकाला गरी चार्टर्ड विमानमार्फत नेपाल फर्काएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकारीका अनुसार ती नेपालीहरू आज दिउँसो ४ बजे काठमाडौं आइपुग्नेछन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कडाइका साथ आप्रवासन नीति लागू गरेपछि त्यहाँ अवैध रूपमा बस्ने नेपालीहरू डिपोर्ट हुने क्रम बढेको हो। यसअघि २०८१ सालको फागुनमा टेक्सास राज्यबाट ९ जना नेपालीलाई डिपोर्ट गरिएको थियो।
ट्रम्पको कार्यकाल सुरु भएपछि हालसम्म करिब १०० नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन्। आज आउने ५० जनालाई समेत जोड्दा यो संख्या बढेर झण्डै १५० पुग्ने बताइएको छ