• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

सदन खुलाउन माओवादीले देखायो लचकता, रास्वपाको अडान कायमै

प्रतिनिधिसभाको अवरोध हटाउने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहमति जुटेको छ। कांग्रेसका नेताहरूसँग औपचारिक र अनौपचारिक छलफलपछि माओवादी सदन चलाउन तयार भएको हो। यससँगै माओवादीले गृहमन्त्री रमेश लेखकको राजीनामाको मागबाट पनि पछि हटेको छ।

कांग्रेसले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि मात्र छुट्टै समिति गठन गर्ने आश्वासन दिएपछि माओवादीले सदन सञ्चालनमा सहमति जनाएको स्रोतले जनाएको छ।

तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने अहिले नै गृहमन्त्रीको राजीनामा र संसदीय समिति गठनको मागमा अडिग छ। यद्यपि, स्रोतका अनुसार यदि समिति गठन भयो भने रास्वपाले गृहमन्त्रीको राजीनामा सम्बन्धी आफ्नो अडान पुनः विचार गर्न सक्ने संकेत देखाएको छ।