एक सात वर्षीय बालकले किनेको आइसक्रिममा माउसुली भेटिएपछि हंगामा भएको छ। माउसुली भएको आइसक्रिम खाएका बालकलाई अस्पताल सम्म पुर्याइएको छ । नयाँ दिल्लीस्थित लुधियानाको ग्यासपुरा क्षेत्रको सुन्दर नगरमा एक
बालकले सडकछेउमा आइसक्रिम बेचिरहेका व्यक्तिबाट २० भारुमा दुई वटा चोको बार आइसक्रिम खरिद गरेका थिए।
घर पुगेपछि बालकले आइसक्रिम खान थाले र आधा खाइसकेपछि त्यसमा माउसुली देखे। डराएका बालकले तुरुन्तै आफ्नी हजुरआमालाई खबर गरेपछि उनलाई तत्कालै निजी अस्पताल पुर्याइएको थियो। अहिले बालकको अवस्था सामान्य रहेको जनाइएको छ।
घटना सार्वजनिक भएपछि स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दै आइसक्रिम बेच्ने व्यक्तिलाई नियन्त्रणमा लिएका छन् । विक्रेताले भने आफूले कम्पनीबाट प्याक गरिएका आइसक्रिम मात्र बेच्ने गरेको र त्यसमै यस्तो भएको दाबी गरेका छन्। बालककी हजुरआमाले विक्रेतालाई आइसक्रिम बिक्री रोक्न आग्रह गरे पनि उनले इन्कार गरेको बताइएको छ।
स्थिति तनावपूर्ण बनेपछि स्थानीयले फेरि विक्रेतालाई घेरेका थिए। यस घटनापछि जिल्ला स्वास्थ्य कार्यालयले सोमबार आइसक्रिमको नमुना संकलन गरी अनुसन्धान सुरु गर्ने जनाएको छ