• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नेदरल्याण्ड्स बिरुद्दको अन्तिम खेलमा मार्ला त नेपालले बाजी

स्कटल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट लिग २ शृङ्खला अन्तर्गत आज नेपाल र नेदरल्याण्ड्सबीच अन्तिम एकदिवसीय खेल हुँदैछ

खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। यो शृङ्खलामा नेपालले हालसम्म खेलेका तीन खेलमध्ये स्कटल्याण्ड र नेदरल्याण्ड्सलाई एक-एक पटक पराजित गरेको छ भने स्कटल्याण्डसँगको एक खेलमा भने हार बेहोरेको थियो।

उता, नेदरल्याण्ड्सले भने शृङ्खलामा खेलेका आफ्ना दुवै खेल गुमाएको छ। एकदिवसीय क्रिकेटमा यी दुई देशबीचको समग्र प्रतिस्पर्धा रोचक छ, जहाँ ६ पटकको भेटमा दुवैले ३-३ खेल जितेर बराबरीको स्थितिमा छन्। लिग २ को अंकतालिकामा भने नेदरल्याण्ड्स २२ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल १५ खेलबाट १० अंक जोडेर सातौँ स्थानमा रहेको छ।

विभिन्न आठ  टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ। यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।

नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छ्न।