नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा मात्रै देशमा रेमिट्यान्स आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो मासिक रेमिट्यान्स हो।
यसअघि कुनै पनि महिनामा यति ठूलो परिमाणमा विप्रेषण भित्रिएको थिएन।
राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले वृद्धि भएको हो। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिदर १६.९ प्रतिशत थियो।