• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

पूर्वमन्त्री शास्त्रीलाई सानेपामा अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ।

बुधबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले शास्त्रीको पार्टीको झण्डा ओढाएर सम्मान गरेका छन् ।

नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको हो ।