• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

डिस्चार्ज लगत्तै रचनाले दिइन् बिए तेस्रो वर्षको वार्षिक परिक्षा

काठमाडौं । गायिका रचना रिमाल डिस्चार्ज भएकी छन् । स्वास्थ्यमा समस्या भई एक हीता अस्पताल भर्ना भएकी रिमाल बुधबार डिस्चार्ज भएकी हुन् ।

उनी अहिले बीए तेस्रो वर्षको परीक्षा दिन तयारीमा जुटेकी छन्। सङ्गीतमा व्यस्त जीवन बिताइरहेकी रचनाले पढाइलाई पनि उत्तिकै महत्त्व दिँदै आएकी छिन्।

डिस्चार्ज भएपछि रचनाले सामाजिक सञ्जालमा लेखेकि छन् ‘बिए तेस्रो वर्षको वार्षिक परिक्षा आजबाट सुरु भएको छ । स्वास्थ्यको समस्याले सोचेजस्तो तयारी पुरा गर्न नसकेपनि सकेको राम्रो गर्ने प्रयास गर्नेछु ।’

सांगीतिक प्रस्तुति दिन रुकुम पश्चिम जाने क्रममा उनी बिरामी परेकी थिइन् । त्यसपछि सेनाको हेलिकोप्टरबाट उद्वार गरेर रचनालाई नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको हो । काठमाडौंमा परीक्षण गर्दा आन्द्राको संक्रमण पुष्टि भएको थियो ।