• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

संसदबाट राप्रपासँगै बाहिरियो रास्वपा

आजको प्रतिनिधि सभाको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो स्थानबाट उभिएर विरोध जनाएपछि दुवै दल बैठक कक्षबाट बाहिरिएका छन्।

सभामुख देवराज घिमिरेले उनीहरूलाई बस्न आग्रह गरे पनि सांसदहरूले अस्वीकार गरे। त्यसपछि सभामुखले मन्त्रालयगत बजेटमाथिको छलफल यथावत् रूपमा अघि बढाए।

विरोधस्वरूप राप्रपा र रास्वपाका सांसदहरू बैठक बहिष्कार गर्दै बाहिरिएका हुन्। सभामुख घिमिरेले आजको बैठकको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भने हटाइएको जानकारी दिए।