प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शीर्षस्तरीय बैठक जारी छ।
बैठकमा संसदमा जारी अवरोध, पेस गरिएका विधेयकहरू, तथा समसामयिक राजनीतिक परिस्थितिबारे व्यापक छलफल भइरहेको जनाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफल विशेषगरी सङ्क्रमणकालीन मुद्दाहरूमा केन्द्रित रहेको छ।
बैठकमा तीन दलका शीर्ष नेतासँगै कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी छन्।