• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

मेयर र प्रशासकीय प्रमुखबीचको लफडाले आज नआउने भयो काठमाडौं महानगरको बजेट

कानुनअनुसार असार १० भित्र बजेट प्रस्तुत गर्नुपर्ने बाध्यता रहे पनि काठमाडौं महानगरपालिकाको बजेट आज पेश नहुने पक्का भएको छ। बजेट अघि कार्यपालिका बैठक बस्नुपर्ने भए पनि हालसम्म बैठक नै आह्वान नभएकाले प्रक्रिया अन्योलमा परेको हो।

मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिक सरोज गुरागाईंबीच बढ्दो विवादका कारण बजेट प्रक्रियामा थप जटिलता आएको हो। मेयर शाहको सचिवालयका एक सदस्यका अनुसार, आन्तरिक रूपमा बैठक तयारीबारे छलफल जारी छ तर आजको लागि कुनै बैठक तय गरिएको छैन।

‘आज कार्यपालिका बैठक बोलाइएको छैन, तर आन्तरिक छलफल भने भइरहेको छ महानगर स्रोतले बताएको छ ।
महानगरको नगरसभा पछिल्लो पटक पुस १४ गते बसेको थियो। त्यसयता न त नगरसभा बस्न सकेको छ, न त बजेटमाथि औपचारिक छलफल भएको छ। कार्यपालिका सदस्यहरू भने निरन्तर बजेट पेस गर्न दबाब दिइरहेका छन्।