• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

ओलीको आलोचना गरेर निलम्बनमा परेका बिन्दा र उषाको निलम्बन फुकुवा

नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि लगाइएको निलम्बन फुकुवा गरेको छ।

पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार बुधबार बसेको पार्टीको ५३औं सचिवालय बैठकले उनीहरूको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

विन्दा र उषालाई अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका कारण निलम्बन गरिएको थियो।

विशेषगरी पार्टी कार्यालय निर्माणका लागि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा उनीहरूले सार्वजनिक रूपमा फरक धारणा राखेका थिए।

गत पुस १० गते बसेको सचिवालय बैठकले उनीहरूलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो।

अहिले सो निर्णय उल्टाउँदै पार्टीले उनीहरूको राजनीतिक हैसियत पुनःस्थापना गरेको हो। एमालेभित्र मतभेद बढ्दै गइरहेका बेला यो निर्णयलाई लचिलो रणनीतिका रूपमा हेरिएको छ।